२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझायो

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की रचना बिसीले उक्त स्थानबाट आफ्नो स्कुटर हराएको भनि प्रहरीलाई जानकारी गराए पश्चात् प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्ने क्रममा नेपालगन्ज १९, बसपार्क नजिक सडक किनारामा ह्यान्डिल लक र चावी स्विच खुल्ला भएको अवस्थामा आइतबार उक्त स्कुटर फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले फेला पारेको उक्त स्कुटर सवारी धनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की रचना बिसीलाई बुझाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]