३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा पर्यटकलाई सास्ती कम गर्न माग,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन २५, २०८३

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ ।

सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए ।

उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यवहारिक कर र नियम हटाउन सरकारसँग माग गरे । अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताए ।

सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ ।

कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरूले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार सिङ्गापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपा देउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको सोट्टो नेपालले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवर्द्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]