(ABC-Sanchar)
बाँके । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो ।
प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा जानु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर आवश्यक निर्देशन दिनु भएको थियो ।