१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

लुम्बिनी प्रदेशका सञ्चार मन्त्री हिमालद्धारा नरैनापुर सीमानाको निरिक्षण

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

(ABC-Sanchar)
बाँके । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले मंगलवार बाँकेको नरैनापुरको नेपाल भारत सीमानाको सुईया नाका क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले नाकामै पुगेर त्यहाँको सुरक्षा अवस्था बुझ्नुका साथै सुरक्षाकर्मीहरुसंग छलफल समेत गर्नु भएको थियो ।
प्रदेश सभाका सभासद कृष्णा केसी नमुनाको आग्रहमा नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको अवलोकन भ्रमणमा जानु भएका मन्त्री हिमालले मटैहियामा निर्माण भैरहेको इलाका प्रहरी कार्यालयको भवनको समेत निरिक्षण गरेर आवश्यक निर्देशन दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!