०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लागू-औषधसहित २ जना युवती पोखराबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

ABC (क्राईमबिट)
पोखरा । लागू औषधसहित दुई युवतीलाई पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई पोखरा सिमलचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको मालिका –२ घर भई नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तहरूको साथबाट लागू औषध डाईजापाम ७४ एम्पुल, आइबुनर्फिन ७० एम्पुल, फेनारगन ७२ एम्पुल गरी २ सय १६ एम्पुल लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!