१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

दुबईबाट मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ।

‘मलद्वारमा लुकाएर ल्याएको रहेछ। भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो। शंका लागेर चेकजाँच गर्दा फेला परेको हो’विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने।

बाँस्तोलाले थपे,‘सुन अन्दाजी आधा किलो हो। प्लास्टिकसहित ५४५ ग्राम छ। भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!