१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँके ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मिलाउदै

Logo
प्रकाशित शुक्रबार, कार्तिक २६, २०७८

ABC (क्राईमबिट)
बाँके । ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपुर्ण मानिन्छ । तराईको जिल्ला अनि सीमा नाका भएर पनि होला बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि बाँके ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने पर्यत्न गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमदेखि बेलाबेलामा चालकहरुको स्वास्थ्य जाँच समेत गराउँदै आएको छ ।

सवारी चापको हिसाबले भन्ने हो भने ट्राफिक व्यवस्थापनमा कठिन नेपालगन्ज हो भने त्यसपछि कोहलपुर र राजमार्गका शम्शेरगन्ज, चिसापानी र सम्झनामा पनि कठिन छ । बाँकेमा अहिले एक दर्जन ट्राफिक पोष्टहरु छन् । सबै ट्राफिक पोष्टले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका छन् ।

बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता रावल ।

महिलाले चाहे पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा ती महिला ट्राफिक रावलले चिसापानीमा अब्बल कार्य गरेर साबित गरिदिएकी छिन ।

संगठन प्रतिको कार्य इमानदारीसाथ गर्ने निडर स्वाभावकी प्रहरी हवल्दार रावल चिसापानी गएको १७ दिन जति पुगेको छ । गएको १७ दिनको अन्तरालमा उनले ९० हजार रुपैयाँ बढी राजश्व समेत संकलन गरिसकेकी छिन । सहीलाई सही र गलतलाई गलत नै हो भन्ने महिला ट्राफिक प्रहरी रावलले राजश्व संकलन गर्ने मात्र होइन, सवारी चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धि ज्ञान समेत दिँदै आएकी छिन।

‘संगठन प्रतिको जिम्मेवारी पूरा गर्न म यहाँ आएको छु, इमान्दारीताका साथ काम गरेकी छु । मेरो कार्य गर्ने शैलीले गर्दा मलाई बिश्वास गरेर बाँके ट्राफिक प्रमुखले चिसापानीको जिम्मेवारी दिनुभएको छ। यहाँको ट्राफिक व्यवस्थापन मजबुत बनाउने त्यो जिम्मेवारी पूरा गर्नु मेरो कर्तब्य हो,’ प्रहरी हवल्दार रावलले भनिन् ।

महिलाहरू अनुशासित पनि हुन्छन्, काममा उनीहरू लगनशील भएर लाग्छन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।

‘अहिलेसम्म ट्राफिक पोष्टमा महिला ट्राफिक इन्चार्ज थिएनन्, यसपटक मैले ती महिला प्रहरीको मेहनत, संगठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर महिला ट्राफिकलाई इन्चार्जको जिम्मेवारी दिएको छु । गएदेखि अहिलेसम्म उनले ट्राफिक व्यवस्थापनमा राम्रो कार्य गरेकी छिन्, राजश्व संकलन पनि चित्तबुझ्दो गरेको पाएको छु,’ प्रहरी निरीक्षक मल्लले भने ।

गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले पनि ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरु तर्सिने गरेको त्यहाँका स्थानीयहरु बताउँछन । ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरुलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ।

उनलाई चिसापानी मात्रै होइन, कुनै दुर्घटना भएमा देउराली डाँडा र बबईसम्म नै पुग्नुपर्ने बाध्यता छ । संगठनको जिम्मेवारी पूरा गर्न पहिलोपटक चिसापानी पोष्टको कमाण्ड सम्हालेकी प्रहरी हवल्दार रावलले सकेसम्म सुर्खेत हुँदै उच्च हिमाली भेगमा जाने सवारसाधनमा यात्रु सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाएमा जरिवाना तिराउँदै ट्राफिक नियमबारे क्लास दिन भने छुटाउँदिनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!