ABC (क्राईमबिट)
बाँके । नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ।
गाई चराउन जंगल जानुभएका लखन फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको हो ।
शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् ।
नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर जति पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको थियो ।