१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दरबन्दी थपेर बढुवा हुने योजनामा रहेका एसएसपी नर बहादुर खत्रीको अवकाश

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८

(सागर थापा)
काठमाडौं । डिआइजीको दरबन्दी थपेर बढुवा हुने दौडधुपमा लागेका एक एसएसपीले अवकाश पाएका छन् । एसएसपी नरबहादुर खत्रीले आइतबारदेखि अवकाश पाएका हुन् ।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । डिआइजीमा बढुवा भएको भए उनको जागिर अझै डेढ वर्ष लम्बिने थियो ।
उनीसहित अवकाश पाउन लागेका केही एसएसपीहरु डिआइजीको दरबन्दी थप्ने प्रयासमा लागेका छन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले गृहमा पत्राचार समेत गरेको थियो । तर, दरबन्दी थपको निर्णय हुन नसक्दा खत्रीले अवकाश पाएका छन् ।

अन्य एसएसपीहरु हरिराज वाग्ले, मोहन आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतले पनि उमेरहदका कारण अवकाश पाउन लागेका छन् । गृहमन्त्री सकारात्मक भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमा चासो नदिदा दरबन्दी थप नभएको स्रोत बताउँछ ।

उता गुप्तचरबाट आएका एसपीहरुको जोडबलमा एसएसपीको पनि दरबन्दी थप्ने प्रयास भइरहेको छ । ठूला जिल्लामा एसएसपी खटाउने योजना अन्र्तगत दरबन्दी थप हुन लागेको हो । दृष्टि-न्यूज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!