२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मन्त्री रेणु कुमारी यादवको गाडीलाई नगरकोटमा स्थानीयवासीले रोके

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८

(ABC-Sanchar)
काठमाडौं । आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा विकास मन्त्री रेणुकुमारी यादवको गाडीलाई स्थानीयवासीले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कँदै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए ।

नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा भेला भएर बसे । स्थानीय युवाहरुले रोक्न खोजेपछि केहीबेर स्लो भएको मन्त्री सवार बा. २ झ ४८६२ न.को गाडीले गति बढाउन खोजेको देखेपछि म आफैं कुद्दै गएर अगाडि बसेको हुँ’ लामिछानेले रातोपाटीसँग भने ।

८ वर्ष पहिले ठेक्का लागेको सडक निर्माण हुन नसकेपछि दैनिक कष्ट भोग्नुपरेको भन्दै स्थानीयवासीले केहीबेर आक्रोश समेत पोखेका थिए । सो क्रममा मन्त्री यादवले दुई महिनाभित्र काम सक्न ठेकेदार कम्पनी शैलुङ्ग कन्ट्रक्सनलाई निर्देशन दिएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]