ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नियमावली संशोधनमा प्रहरीमा तीन नयाँ पद थप्ने प्रस्ताव मन्त्री परिषदमा पुगेको छ ।केही समय अगाडि बाट पद थप्ने विषय चर्चामा आएपनि मन्त्री परिषदमा पहिलोपटक पुगेको हाे ।
वरिष्ठ नायव निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद पनि थप्न लागिएको हो । साथै, कार्यालय सहयोगीको पाँच तह बनाउन लागिएको छ । हाल कार्यालय सहयोगी भर्ना भएकै पद र तहबाट अवकाश पाउने गरेका छन् ।
अब अवकाश पाउने कार्यालय सहयोगीले असइबराबरको सुविधा पाउनेछन् । प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या समाधान गर्न नयाँ पद थप्न लागिएको हो । हाल सइबाट इन्स्पेक्टरमा तथा जवानबाट हवल्दारमा बढुवा हुन करिब १५ वर्ष लाग्ने अवस्था छ ।