१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय रोल्पाद्वारा महिला कैदीलाई सेनेटरी प्याड बितरण

Logo
प्रकाशित बिहिबार, मंसिर ०२, २०७८

(नवराज राना मगर)
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार महिला कैदीहरुलाई सेनेटरी प्याड बितिरण गरेको छ।सदरमुकाम लिबाङस्थित कारागार अनुगमन गर्ने क्रममा महिला कैदीहरुका समस्यालाई मध्य नजर गर्दै सेनेटरी प्याड बितरण गरेकी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज शुबेदीले जानकारी दिनुभयो।कैदीहरुको गुनासो सुन्ने क्रममा महिलाहरुलाई महिनावारी हुने समयमा समस्या हुने गुनासो सुनेपछि उनिहरुको स्वास्थ्यमा कुनैपनी समस्या र महिनावारीको समयमा असहजता नआवस भन्ने उद्देश्यले सेनेटरी प्याड बितरण गरेको डिएसपी शुवेदीले बताउनुभयो।यस अघि जिल्लामा अबैध रुपले खेती भइरहेका लागू औषध गाजा,अफिम नष्ट,पहिरोले बिग्रदा सहिद मार्ग मर्मत जस्ता विभिन्न गरेको रोल्पा प्रहरीले बिद्यालयमा बिद्यार्थीहरुलाई विभिन्न सचेततामुलक कक्षा दिने लगाएत थुप्रै कार्यहरू गरेको छ।डिएसपी नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय रोल्पामा सरुवा भएर आएएता सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रहरीले प्राथमिकतामा राखेको छ।जसबाट रोल्पाका जनताहरुले प्रहरीबाट प्रत्येक्ष रुपमा सहयोग तथा न्यायको अनुभुती गर्न पाएका छन्।प्रहरी अधिकृतहरु मध्ये एक अब्बल छवि बनाएका डिएसपी शुबेदीले रोल्पा जस्तो भौगोलिक बिकटताले भरिपुर्ण जिल्लामा समेत शान्ति सुरक्षा र समाजमा अमयनचयन कायम गर्न निकै खट्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!