
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुट्टीमा रहेको शिबशक्ती बाख्रा विकास सामुदायिक वन उपभोक्ता समुहको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न भएको सभाले एक सदस्य बाहेक अन्य सबै पुरानै समितिले यथावत पाएको हो ।
जसको अध्यक्षमा वर्तमान अध्यक्ष जनकबहादुर बुढा ,उपाध्यक्ष राधिका पुन,सचिव यामी वि.क,सहसचिव निर्मला घर्ती,कोषाध्यक्ष कौशिला पुन,सदस्यहरु गन बहादुर बुढा,पर्वता थापा,नव सदस्य सरिता घर्ती,बिना वि.क गरि ९ जनाको कार्यसमिति चयन भएको हो । शिबशक्ति बाख्रा विकास सा.व.उ.सको २८ औं सभा सम्पन्न,सभाद्वारा पुरानै समितिलाई यथावत
समुहका अध्यक्ष जनक बहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यता र लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको विशेष अतिथिमा उद्घाटन भएको सभा कार्यक्रममा प्रमुख अतिथि शर्माले जनताको जीवनस्तर उकास्नको लागि सामुदायीक वनको माध्यमबाट कार्यक्रमहरु सञ्चालन गरिएको प्रति खुसी व्यक्त गर्नु भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवसायीक बाख्रा पालनबाट घरको आर्थिक आय स्रोत बृद्धि गर्न सकिने र त्यस तर्फ लगानी बढाउन आफ्नो पहल रहने बताउनु भएको भयो । 
त्यस्तै कार्यक्रमका विशेष अतिथि नगर प्रमुख केसीले सरकारद्वारा उपभोक्ताहरुलाई हस्तान्तरण भएका संघ,संस्थाहरु मध्य अन्य संस्थाहरु सबै समाप्त भएको र सामुदायिक वन मात्र नेपालमा सफल हुन सकेको बताउनु भएको छ ।
कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गर्नु भएका नगर प्रमुख केसीले भन्नु भयो । नेपालमा यातायातको सन्दर्भमा साझा बसहरु समुदायलाई हस्तान्तरण गरेर चलाउन खोजिएतापनि त्यो दीगोरुपमा टिकेर संचालन हुन नसकेको र अन्य संघसंस्थाको हकमा भिर्कुटी कारखाना,कृषि औजार कारखाना लगायत केहि सिमेन्ट उद्योगहरु समेत चल्न नसकेर सबै समाप्त भएर गएको बताउनु भयो ।
त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख केसीले भन्नू भयो । पहिले सरकारले आफ्नो मातहातबाट राष्ट्रिय वनको रुपमा संचालन गर्दा उपभोक्ताले वन एउटा रेन्जर,डेफोको मात्र जस्तो मान्नु पर्थ्यो तर आज वनबाट एकटुक्रा काठ ल्याउनको लागि समितिसंग अनुमति लिउनु पर्छ,त्यसैले तपाईहरु यो वनको मालिक हुनुहुन्छ ।
त्यसैले आज म धेरै खुशी छु,मेरो छाती चौडा भएको छ । साच्चिकै भन्ने हो भने यस वन क्षेत्रमा धेरै चिजले भरिपूर्ण भएको छ । समितिको ठुलो प्रयासले टेङ्नैया बाबा गुफा मन्दिरको विकास,ड्याम्म बाधेर जलको विकास, निम्बुखुट्टी गाउँमा उपभोक्ताहरुलाई सिचाइको लागि दीप बोडिङ्ग,महेन्द्र राजमार्गदेखि टेङ्नैया बाबा मन्दिरसम्म बाटो,सुपरजोनबाट बेमौसमी खेती,खानेपानी टंकी आदि कार्यहरु गर्ने गरेकोमा आफू धेरै खुशी भएको बताउनु भयो ।
यस्तै स्वर्गीय खुमबहादुर खड्का सतबरियादेखि सरकारको पावर फुल स्थानमा पुगेपनि भनेको जस्तो विकास हुन नसकेको आफुले पाएको बताउनु भयो ।सतबरिया,चैलाही,सोनपुर मिलाएर लमही नगरपालिका भएपनि विकासको तुलनामा लमही पछिको सोनपुर त्यसपछिको सतबरिया भएको बताउनु भयो । अहिलेसम्म साबिक सतबरिया गाबिस भित्रमा पलस टु सम्मको विद्यालय नहुनु दुखको कुरा भएको बताउनु भयो । आफुले दैनिकको समय मध्य आधा जति समय सतबरियालाई दिएको समेत उहाँले कार्यक्रममा बताउनु भएको छ ।
त्यस्तै पछिल्लो समय नगरपालिकाले केही गरेन जनप्रतिनिधिहरुले भ्रष्टाचार मात्र गरे भनेर टिप्पणी गर्नेहरुले केही कार्य भएको पनि भएको छ भनेर भन्न सिक्नुस ता कि काम गर्नेलाई थप उर्जा बढोस् प्रमुख केसीले भन्नू भयो । हामीले लमही नगरपालिका भित्रमा १५/१६ वर्षमा हुने कार्य ४ वर्ष भित्रमा गरेका छौं । लमहीको विकट वडा मानिने ९ नम्बर वडा अमिलियामा अहिले खानेपानी टंकी निर्माण भएर त्यहाँका उपभोक्ताले पर्याप्त मात्रामा पानी खान पाएका छन् भने नगर स्वास्थ्य इकाई प्रशुती सेवा सहित संचालन भैसकेको हुँदा अब त्यहाँका महिला दिदीबहिनीहरु नेपाल गन्ज,तुलसीपुर,घोराही,लमही जान नपर्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले जनस्तरमा सामुदायीक वनको माध्यमबाट वन,वातावरण तथा जैविक विविधताको संरक्षणमा नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको हुँदा शिवशक्ती सामुदायिक वन उपभोक्ता समुहद्वारा कार्ययोजनाहरु बनाएर नगरपालिकामा पेश गरे त्यसलाई सम्बोधन गर्ने बताउनु भयो ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरी,सो वडाका वडा सदस्य देवा परियार,टेङ्नैया बाबा गुफा धार्मिक विकास समितिका अध्यक्ष दिल्ली बहादुर खड्का,टोल विकास समितिका अध्यक्ष ओम बहादुर घर्ती लगायतकाले बोल्नु भएको थियो ।
त्यस्तै उक्त कार्यक्रमलाई समापन गर्दै अध्यक्ष जनकबहादुर बुढाले आफू लगायत आफ्नो टिमले ५ वर्षको कार्यकाल भित्रमा एकपटक पनि काठ कटान नगरि विभिन्न निकायसंग सहयोग संकलन गरि ओझेलमा रहेको टेङ्नैया बाबा गुफा मन्दिरको विकास गर्नुका साथै,सो मन्दिरसम्म पुग्नको लागि महेन्द्र राजमार्गदेखि यातायातको लागि बाटो निर्माण गर्न सकेको बताउनु भएको छ । हामीले सो स्थानमा गौशाला निर्माण गरेका छौं । वन क्षेत्र भित्रमा पोखरी निर्माण गरि जंगली जनावर,घरेलु चौपायालाई पानी खुवाउने वातावरण मिलाउनुका साथै सिचाइको लागि पनि उचित व्यवस्था गर्न सकेका छौं अध्यक्ष बुढाले भन्नू भयो ।
त्यस्तै गाउँमा सबै टोल बस्तीमा विद्युत पुगेको थिएन,हाम्रै पहलमा विद्युत पुर्याएका छौं भने खानेपानीको समस्या थियो,त्यसका लागि टंकी निर्माण गरि अहिले सबैको घरघरमा पानी पुगेको छ । हामी आउँदै गर्दा सामुदायिक वनको भवन धेरै जिर्ण थियो । सो भवनलाई मर्मत गरेर व्यवस्थित गरेका छौं अध्यक्ष बुढाले भन्नू भयो । अबको वार्षिक कार्ययोजनामा डिभिजन वन कार्यालयसंग समन्वय गरि अझै २०/२५ लाखबराबरको योजना पारेर वनमा अर्को पोखरी निर्माण गर्ने र २५ हेक्टर बराबरको क्षेत्रफलमा तरबार गर्ने आदि योजना रहेको बताउनु भयो ।
यस्तै समुहका अध्यक्ष बुढाले भन्नू भयो । हामीले कोरोना भाइरस कोभिड-१९ को कारण देशमा लकडाउन लागेको समयमा पनि गाउँका युवाहरुलाई रोजगारी दिनक