
ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाबाट प्रहरीले ५ लाख ४३ हजार ५ सय ५० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ।
गुलरिया स्थित पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट अत्तरिया तर्फ जाँदै गरेको चालक बैतडी सुर्नैया गापा ७ बस्ने वर्ष २१ को नबिन कुवरले चलाएको सुपप्र ०२००१ क ०६४१ नम्बरको मिनि ट्रकलाई शंका लागी कार्यालयमा ल्याई चेकजाँच गर्दा बिना बिलको अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएको सामान बरामद गरेको हो।
ट्रक र ट्रक चालक सहित बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।
यी हुन् अवैध रुपमा बरामद गरेका सामान
१) लेडिज सुट २७० पिस अन्दाजी मुल्य रु १,८९,०००
२) मिश्रि १४५ बोरा अमूल्य २,६१,०००
३) पेठा मिठाई ८९ टिन अमूल्य ९३,४५०