१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

Logo
प्रकाशित शुक्रबार, मंसिर ०३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो ।

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच नपुग्दा बढुवा हुनबाट छुटेका थिए ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!