१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सामाजिक कार्यमा उलमाको जमात सक्रिय हुँदै

Logo
प्रकाशित शनिबार, मंसिर ०४, २०७८


(ABC-Sanchar)
काठमाडौं । भारतको बरेली शहरबाट दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले सर्लाहीको २२ गाउँपालिका सहित ६२ वटा गाउँ र वडाहरुको अवलोकन गरिएको छ । १५ नोवेम्बरबाट भारतको दिल्ली , दरभंगा, सितामण्डी हुँदै सोनवर्षा जिल्लाबाट प्रतिनिधि मण्डलले नेपाल प्रवेश गरेको थियो । समय समयमा नेपाली सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक शैक्षिक अवस्था बारे जानकारी जुटाउने र सहयोग गर्ने उद्देश्यले नेपाल भ्रमण गर्ने गरेको छ । दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले यसपटक नेपालमा सुन्नी मुस्लिम समुदायको दरगाहे आला हजरतबाट समय समयमा हुँदै आएको सहयोग र योगदानहरुको तथ्य जुटाउन र दरगाहे आला हजरतबाट सुन्नी मुस्लिम समुदायको सम्बन्ध बलियो बनाउने उद्देश्यले भ्रमण गरेको हो । दरगाहे आला हजरतका प्रतिनिधि मौलाना वा मुफ्ती मोहम्मद सलीम नुरीले बताउनु हुन्छ, नेपाल प्रवेश गरेपछि सबैभन्दा पहिला प्रतिनिधि मण्डलले नेपाली उलमाहरुसंग सहकार्य गरेर नेपालको सामाजिक, धार्मिक र शैक्षिक संस्थाहरुसंग भेटघाट गरी मानवता इमानदारीता र भेदभाव मुक्त समाज निर्माण गर्ने विषयमा छलफल गरिएको थियो । उहाँले भन्नू हुन्छ, ` यसपटक नेपालको भ्रमण गर्दा नेपालको अधिकांश क्षेत्रमा सज्जादा नशीन सुबहान रजा खान सुबहानी मियाँको बुवा हजरत मौलाना वा मुफ्ती रेहान रजा खान रहमतुल्लाह अलैहले विभिन्न मदरसा र मस्जिदहरुको शिलान्यास गरेको देखियो ।´ सलीम नुरीको अनुसार यस अगाडि कोरोना कालमा समेत दरगाहे आला हजरतको प्रतिनिधि मण्डलले रहात सामाग्री सहित सहयोग गर्न नेपाल भ्रमण गरेको थियो । त्यो समयमा नेपालको लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दां्ग लगायतको जिल्लाहरुमा सहयोग सामाग्री वितरण गरिएको थियो । उहाँले बताउनु भयो , दरगाह प्रमुख हजरत मौलाना वा मुफ्ती सुबहान रजा खान सुबहानी मियाँले समय समयमा नेपालको सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक शैक्षिक क्षेत्रको विकासका लागि नेपालमा प्रतिनिधि मण्डल पठाएर रिपोर्ट संकलन गराउने सहयोग सामाग्री पठाउने गर्नु भएको छ ।

त्यस्तै प्रतिनिधि मण्डल कै प्रेस प्रवक्ता शाहबुद्दीन कुरैशीले बताउनु भयो कि नेपालको अधिकांश जिल्लामा नेपाली सुन्नी मुस्लिम समुदायको दरगाहे आला हजरतबाट सम्बन्ध बलियो रहेको छ । विभिन्न मदरसा र मस्जिदहरुको अवलोकन पश्चात् रिपोर्ट तयार गरेको छौं । उक्त रिपोर्टमा मदरसा र मस्जिदहरुको गुम्बद लगायत अधिकांश नक्साहरु दरगाहे आला हजरतको गुम्बद र नक्साबाट मेल खाने गरेको छ । जुन कुराबाट नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाहे आला हजरतको सम्बन्ध वर्षौं देखी रहेको स्पष्ट हुन्छ । शाहबुद्दीन कुरैशीको अनुसार प्रतिनिधि मण्डलले अझै केहि दिन नेपालमा रौतहट , महोत्तरी र सयपत्री लगायतको जिल्लाहरुमा अवलोकन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!