१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुम्बिनी प्रदेशका पटकपटक विवादीत डिआईजी मुकुन्द आचार्य हेट-क्वाटर तानिए

Logo
प्रकाशित आइतबार, मंसिर ०५, २०७८

ABC (क्राईमबिट)
दाङ । लुम्बिनी प्रदेशमा आएदेखि पटकपटक विवादमा मुछिने गरेका डीआईजी मुकुन्द आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ ।

लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई यसअघि तत्काल कारबाही गर्न सांसदले समेत माग गरेका थिए । डिआईजी आचार्य यसअघि पटक पटक विवादमा तानिएका व्यीक्त हुन ।

इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरण मुछिएका डिआईजी आचार्य मुछिएका थिए । दाङबाट कोहलपुर जादै गरेका एक व्यक्तिको साथबाट हराएको तीन किलो सुन प्रकरणमा समेत डिआईजी मुछिएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए ।

सुन नै अवैध भएकाले खोजीनिती नभए पनि डिआईजी आचार्य भने यसबारे पूर्णरूपमा जानकार भएको प्रहरी स्रोतको दावी थियो । यस अघि पनि यसबारे हेडक्वार्टरमा पनि खैलाबैला मच्च्चिएको प्रहरी स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!