१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पाइलट सन्के पछी रुकुम पुग्ने विमान नेपालगञ्ज विमानस्थलमा पुगे पछी

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

(ABC-Sanchar)
बाँके । पुग्नुपर्ने गन्तव्य एक ठाउँ, तर पुर्याइयो अर्कै ठाउँ । यस्तो भइदियो भने कस्तो महशुस हुन्छ यात्रुलाई ? हो, यस्तै भयो सोमबार । सन्की पाइलटले आफ्नो ड्युटी समय सकियो भन्दै यात्रुलाई बिचल्लीमा पारे ।

सोमबार काठमाडौंबाट रुकुमका लागि भनेर टिकट काटेका यात्रुहरु नेपाल एयरलाइन्सको जहाजमा बसे । सबै यात्रु जहाजमा बसेपछि पाइलटले जहाज उडाए । जहाजमा बसेका यात्रुहरु चाँडै गन्तव्यमा पुग्ने आशामा थिए ।

पाइलट थिए पेम्बा शेर्पा । तीन बजेको उडान भनिए पनि केही ढिलाइ भयो । समयमै नउडेको जहाजले केही ढिला गरि उडान भर्यो ।

४ बजेको आसपासमा जहाज नेपालगञ्ज विमानस्थलमाथि उड्दै थियो । यत्तिकैमा पाइलट शेर्पाले जहाजलाई नेपालगन्जमै अवतरण गरे ।

यात्रुहरुले रुकुम नपुर्याएर किन यहाँ अवतरण भयो ? भनेर प्रश्न गर्दा पाइलट उल्टै सन्किए । उनले ‘मेरो डय्टी आवर अफ भो’ भनेर भने ।

गन्तव्यमा पुर्‍याएर आफूहरुलाई बिचल्लीमा पारेको भन्दै यात्रुहरु मुर्मुरिए पनि केही हुनेवाला थिएएन । जहाज अवतरण गरेर पाइलट आफ्नो बाटो लागे ।

स्रोतका अनुसार पाइलटको सनकका कारण रुकुम पुग्ने यात्रुहरु बिचल्लीमा परे । पाइलटले जानी जानी रुकुम नपुर्याएर यात्रुहरुलाई बीच बाटोमै अलपत्र पारेका हुन् भने पाइलटका कारण यात्रुलाई होटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी भएको पनि स्रोत बताउछ ।

यता, नेपाल एयरलाइन्सले भने पाइलटको ड्यूटी समय र मौसम प्रतिकुल भएकाले रुकुम नपुगेर नेपालगञ्जमा जहाज अवतरण गर्नुपरेको बाध्यता सुनाएको छ ।

सोमबारै रुकुम पुग्नुपर्ने यात्रुहरु मंगलबार बिहानमात्रै रुकुम पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!