१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

काठमाडौं त्रिभुवन विमानस्थलबाट एकै दिन २१ केजी सुन पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ केजी सुन बरामद भएको छ । सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट २१ केजी बराबर सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका प्रमुख, प्रशासक महेश भट्टराईले जानकारी दिए ।

‘सोमबार भएको घटना हो । ४ सय १५ जना यात्रुबाट प्रतिव्यक्ति ५०–६० ग्रामसम्म काँचो सुन सिस्टमले पहिचान गर्‍यो,’ उनले भने, ‘यसलाई हामीले नियन्त्रणमा लिएका छौं, भन्सार राजस्व तिर्न लगाएका हौं । जफत गरेका होइनौँ ।’ उनका अनुसार ४ सय १५ जनामध्ये १ सय ९५ यात्रुले भन्सार महशुल तिरेर आफ्नो सुन लगिसकेका छन् । ती यात्रुबाट १० केजी काँचो सुनको भन्सार जाँचपास गरेर करिब ९४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
‘बाँकी यात्रुले भन्सारकै लकरमा राखेका छन् । हामीले लकरमा राखे बापत एउटा स्लिप दिन्छौँ,’ उनले भने, ‘त्यसको ६० दिनभित्र आफूले तिर्नुपर्ने भन्सार रकम तिरेर लैजान सक्छन् । सोमबार नतिरेकाले आज (मंगलबार) बुझाएर लगिरहेका छन् ।’ उनका अनुसार एक व्यक्तिले सुन आयात गर्दा अधिकतम ५० ग्रामसम्म ल्याउन पाउँछ । यो व्यवस्थाअन्तर्गत प्रति १० ग्राम सुनको ९ हजार ५ सय र त्यो भन्दा माथिको प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!