ABC (क्राईमबिट)
कास्की । प्रहरीले ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङ रहेका छन्।
कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा अमेरिकी डलर एक लाख ९४ हजार दुई सयसहित उनलाई पक्राउ गरेको हो।