२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

त्रिवेणी गाउँपालिका रोल्पाको ५ नम्बर वडा पहिलो बालश्रम मुक्त वडा घोषणा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८


(नवराज राना मगर)
रोल्पा । जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. ५ लाई आज एक विशेष समारोहको बिचमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालबालिकाहरु, बालक्लबहरु, स्थानीय व्यापारी, उद्योगी, आमा समूह, महिला समूह, वडा बाल अधिकार समिति, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुको सहभागीमा बाजागाजासहितको र्याली ”बालश्रम अन्त्य गरौँ, त्रिवेणी गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा अभियान भव्यताका साथ सफल पारौँ” भन्दै बजार परिक्रमा गरी श्री जन जागृति माध्यमिक विद्यालयको प्राङ्गनमा औपचारिक घोषणा समारोहमा परिणत भएको थियो !
वडा नं. ५ का वडा अध्यक्ष श्री कृष्ण बहादुर के.सी. को अध्यक्षतामा सञ्चालन गरिएको उक्त घोषणा समारोहमा गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वलीको प्रमुख अतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्तीको विशिष्ट आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के.सी. को विशेष आतिथ्यतामा रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घोषणा समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्तीले गाउँपालिका, सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) लगायत सबै सरोकारवालाहरुको प्रयत्नबाट यो सामाजिक अभियान सफल भएको धारणा व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक अभियानमा हातेमालो गर्दै गाउँपालिकासँग अगाडी बढ्न आह्वान गर्नु भएको थियो भने प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वलीले गाउँपालिकाबाट बालबालिकाको क्षेत्रमा गरिएको ठूलो लगानी र प्रयत्न तथा स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आजको बालश्रम मुक्त वडा घोषणाको सफलता प्राप्त भएको धारणा राख्नु भएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन अधिकृत श्री हेमराज उपाध्यायले गर्नु भएको थियो । साथै मंसिर २३ गतेसम्म गाउँपालिकाका सबै वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरी पौष मसान्तसम्म बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]