१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

त्रिवेणी गाउँपालिका रोल्पाको ५ नम्बर वडा पहिलो बालश्रम मुक्त वडा घोषणा

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८


(नवराज राना मगर)
रोल्पा । जिल्ला अन्तर्गत त्रिवेणी गाउँपालिकाको वडा नं. ५ लाई आज एक विशेष समारोहको बिचमा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालबालिकाहरु, बालक्लबहरु, स्थानीय व्यापारी, उद्योगी, आमा समूह, महिला समूह, वडा बाल अधिकार समिति, शिक्षक, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुको सहभागीमा बाजागाजासहितको र्याली ”बालश्रम अन्त्य गरौँ, त्रिवेणी गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा अभियान भव्यताका साथ सफल पारौँ” भन्दै बजार परिक्रमा गरी श्री जन जागृति माध्यमिक विद्यालयको प्राङ्गनमा औपचारिक घोषणा समारोहमा परिणत भएको थियो !
वडा नं. ५ का वडा अध्यक्ष श्री कृष्ण बहादुर के.सी. को अध्यक्षतामा सञ्चालन गरिएको उक्त घोषणा समारोहमा गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वलीको प्रमुख अतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्तीको विशिष्ट आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के.सी. को विशेष आतिथ्यतामा रहेको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बालश्रम अन्त्यको लागि सबैले आ-आफ्नो तर्फबाट पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त घोषणा समारोहमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री सावित्रा कुमारी बुढा घर्तीले गाउँपालिका, सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) लगायत सबै सरोकारवालाहरुको प्रयत्नबाट यो सामाजिक अभियान सफल भएको धारणा व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक अभियानमा हातेमालो गर्दै गाउँपालिकासँग अगाडी बढ्न आह्वान गर्नु भएको थियो भने प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्री शान्त कुमार वलीले गाउँपालिकाबाट बालबालिकाको क्षेत्रमा गरिएको ठूलो लगानी र प्रयत्न तथा स्थानीय सरोकारवाला र जनताको सहयोगबाट आजको बालश्रम मुक्त वडा घोषणाको सफलता प्राप्त भएको धारणा राख्नु भएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले सचेतनामूलक नृत्य, नाटक प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन अधिकृत श्री हेमराज उपाध्यायले गर्नु भएको थियो । साथै मंसिर २३ गतेसम्म गाउँपालिकाका सबै वडाहरुलाई बालश्रम मुक्त वडा घोषणा गरी पौष मसान्तसम्म बालश्रम मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!