१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दाङको सडक र पुलको अधुरो काम तत्काल सुरु हुन्छ: सिडियो हिरालाल रेग्मी

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

(ABC-Sanchar)
दाङ । जिल्लाको अधुरो सडक पुलको कामले आइतवारदेखि काम सुरु गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । सडक निर्माणको लागि निर्माण कम्पनीले अहिले काम गर्नका लागि अनुमति लिने प्रक्रियामा रहेकाले कामले गति लिन नसकेको भन्दै आइतवारदेखि सडक निर्माणको कामले गति लिने बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय दाङले पत्रकारहरुसँग आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमकामा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले तुल्सीपुर देखि घोराही लमही सडकसँगै पुल निर्माणको कामलाई पूरा गर्नका लागि आफुले निर्माण व्यवसायीलाई बोलाएर छलफल गरिसकेकाले अब छिट्टै निर्माणको काम अघि बढ्ने बताएका थिए ।

‘घोराही–तुलसीपुर फोरलेन सडकको काम अघि बढाउनका लागि निर्माण कम्पनी अनुमति लिने प्रक्रियामा रहेकाले अहिले कामले गति लिन नसकेको निर्माण व्यवसायीले बताएका छन्’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्माण व्यवसायीका अनुसार प्रक्रिया मिलाउने काम यही हप्ता सकिने र आउने आइतवारदेखि सडक निर्माणको कामले गति लिनेछ ।’ उनले सडक निर्माणसँगै पत्रेखोला र कटुवा खोलामा बाँकी रहेको पुलको कामलाई समेत अघि बढाउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिएको बताए ।

‘सडकसँगै पुल निर्माणको काम पनि रहेछ, निर्माण व्यवसायीलाई बोलाएर पुल निर्माणको कामलाई अघि बढाउन भनेको छु, त्यसका लागि आवश्यक सहयोग प्रशासनले गर्ने प्रतिबद्धता गराएको छु’, उनले भने, ‘निर्माण व्यवसायीले ३–४ दिनमै काम सुरु गर्ने भनेको छन्, त्यसमा फलो गर्ने काम प्रशासनले गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी आफ्नो काम जिल्लामा शान्ति सुरक्षासँगै विकासका काममा सहजीकरण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै आपू त्यही अनुसार अघि बढ्ने प्रमुख जिल्ला अधिकारीको भनाई थियो । साथै उनले जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले हप्ताको एक दिन लमही र तुलसीपुर पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारीको कामलाई निरन्तरतादिने समेत बताएका थिए । त्यस क्रममा उनले नियम विपरित हुने नदीजन्य पदार्थको उत्खन्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

मापदण्ड र उद्देश्य विपरीत रहेका उद्योगहरूलाई स्थानीय सरकारसँग समन्वय गरेर कानुनी दायरामा ल्याउने बताएका हुन् । ‘नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ भन्ने विहान ४ बजेदेखि नै मलाई फोन आउन सुरु गर्छ’, उनले भने, ‘जिल्ला नदीजन्य पदार्थको उत्खन्नको कामलाई पनि नियमन गर्न आवश्यक देखिएको छ ।’ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा मगरले नदीजन्य उत्खन्मा केही समस्या रहेको बताएकी छिन् ।

नदीजन्य पदार्थको उत्खन्को जिम्मा दिने र नियमन गर्ने काम समेत स्थानीय तहको रहेकाले त्यसमा विशेष ध्यान स्थानीय तहहरूले दिन आवश्यक रहेको बताएकी हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका जिल्ला अध्यक्ष दुर्गालाल केसीले जिल्लाका सञ्चार क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]