१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

२५ हजार किसान भन्दा धेरै कोसी पीडितले ६० वर्षदेखि मुआब्जा माग्दै सरकार बेखबर ?

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

(ABC-Sanchar)
काठमाडौं । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ । गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ ।

कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भएको थियो ।
कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार कोसी बाढीपीडित किसानले वर्षौंदेखि नेपाल र भारत सरकारसँग क्षतिपूर्तिको माग गर्दै आएका छन् तर न राहत न क्षतिपूर्तिको अवस्थामा रहेका किसानले सङ्घर्षसमेत चलाउँदै आएका छन् ।

नापी कार्यालय सप्तरीका अनुसार, पटक पटक गरी सप्तरीको गोबरगाढा, योगिनिया, कमलपुर, भारदह, तिलाठीलगायत दुई दर्जन गाउँका दुई हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन कटान भएको छ ।

नापी प्रमुख शत्रुघन यादवका अनुसार, २०२८ सालकै नाप नक्साबाट ती किसानले पाएको जग्गाको लालपुर्जा छ तर जग्गा छैन । यसरी दशकौँदेखि सप्तरी,
सुनसरी र उदयपुरको किसानको हजारौँ बिघा जग्गाको बीचबाट सप्तकोसी बगिरहेको छ । यी सबै बाढी र क्षति कोसी बाँधका ढोका भारतीय पक्षले समयमा नखोलिएका कारण भएका हुन् ।

कोसीपीडित सङ्घर्ष समितिका संयोजक महिदेव चौधरीको तीन हजार बिघा जमिन, नौलखा बगैँचा, भव्य दरबार कोसी बाढीले नै बगायो । २२ गाउँको लिल्जा बस्ती बगाउँदा तीन हजार घर परिवार सुकुम्बासी भए । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!