१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सशस्त्र प्रहरीमा भद्रगोल इन्सपेक्टरको १६ वर्ष एसएसपी बढुवामा उम्मेदवार भेटिएनन्

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । ढिलो भएपनि सशस्त्र प्रहरीका रिक्त पदमा बढुवा प्रक्रिया अघि बढेको छ । एसएसपीका रिक्त ११ पदमा केही दिनअघि कामु एसएसपी तोकिएको छ । बढुवा गर्न चार वर्षे पदावधि नपुगेपछि कामु दिइएको हो ।

एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवरलाई कामु दिइएको छ । ११ औं नम्बरमा रहेका कुँवर बालुवाटारको पावरमा नियमावली फेरेर वा बढुवा रोकेर अघि आउने दाउमा थिए । तर, असफल भए । कामु दिंदा एसपीको ज्येष्ठता कायमै राख्नुपर्ने प्रावधान नियमावलीमा छ । बढुवा हुने ११ मध्ये १० जना सशस्त्रको सिंस २ का हुन् । उनीहरुको २०७९ को चैतमा मात्र चार वर्षे पदावधि पुग्ने भएकाले फुल बढुवा हुन्छ ।

कामु दिइएसँगै एसपीका ११ पद रिक्त भएको छ । डिएसपीका यसअघिनै ७१ दरबन्दी रिक्त छन् । सशस्त्रमा लामो समयदेखि दरबन्दी रिक्त राखेर बढुवा प्रक्रिया अघि बढाइएको थिएन । सशस्त्र प्रहरीमा इन्सपेक्टरमा भर्ना भएको १६ वर्षसम्म डिएसपी हुन पाएका छैनन् । माथिल्लो तहमा बढुवाका उम्मेदवार नै नहुँदा तल्लो तहमा ठूलो समस्या छ । तर, गृह र सशस्त्र प्रहरी मुख्यालयले त्यसमा चासो दिएको छैन ।दृष्टिन्यूजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!