१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

भारतमा पनि देखियो विश्वलाई त्रसित बनाउने ओमिक्रोन भेरियन्ट नेपाललाई पनि खतराको संकेत

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालको छिमेकी देश भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिन्ट देखिएको छ। दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा विश्वलाई त्रसित बनाउने ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको बीबीसीले जनाएको छ।

भारत सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका दुई पुरुषमा ओमिक्रोन देखिएको हो। यस्तै उनीहरूको संम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गरिएको छ।

भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट फेला परेको पुष्टि भएको हो। अधिकारीहरूका अनुसार ती सङ्क्रमित व्यक्तिमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्।

कर्नाटकका स्वास्थ्यमन्त्री डा. के सुधाकरका अनुसार एउटा सरकारी अस्पतालमा कार्यरत चिकित्सकको कुनै भ्रमण इतिहास छैन।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम भएको बताएको छ।

यस्तै भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो।

ती परीक्षणको परिणाम अझै आइसकेको छैन। अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ। बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्‌कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ।

भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन।

सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ।

कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ। विश्व स्वास्थ्य सङ्गठनले गत साता नयाँ भेरिअन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो।

नेपालको अवस्था?
नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन।

तर कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य
अनुसन्धान परिषद्‌का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सीक्वन्सिङ गरिनेछ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाभाइरसको उक्त भेरिअन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ।

नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सीक्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ।

‘विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैको पनि सङ्क्रमण पुष्टि भएको पाइयो भने उनीहरूको नमुना राखेर त्यो नमुना अनिवार्य रूपमा सीक्वन्सिङ गर्ने र अरू नियमित तरिकाले पुष्टि भइरहेका सङ्क्रमितहरूको नमुनामध्ये स्याम्प्लिङ गरेर सीक्वन्सिङ गर्ने भन्ने छ’ केही दिनअघि बीबीसीसँग कुरा गर्दै उनले भनेका थिए। बीबीसी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!