२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कैलालीमा बालकको हत्या अभियोगमा पक्राउ महिलालाई सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

ABC (क्राईमबिट)
कैलाली । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ ।

निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना १४ वर्षकी छोरी र ८ वर्षका छोरालाई लिएर भारततर्फ जाँदै गरेकी उनलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दूधमा मुुसा मार्ने औषधी मिसाएर खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । मृतक निशान्त धनगढीको हिमालय एकेडेमीमा कक्षा ३ मा पढ्थे ।

प्रहरीका अनुसार मागीका श्रीमान बहादुर रोकाया कान्छी श्रीमती निर्मलासँगै भारतमा बस्दै आएका थिए । मागी भने आफ्ना दुई छोराछोरी र निर्मलाको छोरासँगै धनगढीमा बस्दे आएकी थिइन् ।

घटनाको भएको दिन कात्तिक २९ गते श्रीमानसँग वादविवाद र झगडा भएको खुुलेकाले रिसको झोँकमा बालकको हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

विवादपछि मागी सम्पर्कमा नआएपछि भारतमा रहेका बहादुर रोकायाले आफन्तलाई बुुझिदिन आग्रह गरेका थिए । आफन्त उनको कोठामा पुग्दा बालक मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले मागी रोकायाविरुद्ध कर्तव्य ज्यान मुुद्दा दर्ता गरेर अनुुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]