१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मुगु बत्ती नहुँदा अन्धकार मोबाइल चार्ज गर्न १०० रूपैयाँ तिर्नु्पर्ने बाध्य

Logo
प्रकाशित शनिबार, मंसिर १८, २०७८

(ABC-Sanchar)
मुगु। हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ। बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन्। जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन्।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २–२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन्।

त्यो मेशिनमा माकुराले जालो बनाएको छ भने अर्कोमेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेको छ। यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन्।

एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दे आई रहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए।

मोबाईल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेको स्थानीय मणिचन्द्र भामले बताए।

प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगज प्रमुख र नेपाल विद्युत प्राधिकरणक निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएको बताए।

विद्युत नियमित गर्न पहल पनि भइरहेको उनले बताए । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुनः चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमि गर्न आग्रह गरिएको उनले बताए।

जेनेरेटरको बेरिङ्ग, एक्साईटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो। विद्युत सञ्चालनको लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मतपश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएको छ।

नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अठ्किएको गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!