
ABC (क्राईमबिट)
कैलाली । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराको बिदाइ गरीएको छ २०७७ साल भदौ १५ गते इलाका प्रहरी कार्यालय सुखडमा आएका (डीएसपी) सागर बोहरा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सुरुवा भए पछि शनिवार बिदाइ गरीएको हो। प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार उनि सहित देशका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकै साथ सरुवा भएको थियो । 
घोडाघोडी नगरपालिका, घोडाघोडी उद्योग वाणिज्य सङ्घ तथा यस क्षेत्रका सरोकारवालाहरूले उनलाई दोसल्ला, खादा र फुल दिएर बिदाइ गरेका छन् । पहिलो पटक प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहरा इलाका प्रहरी कार्यालय सुखडमा खटिएका थिए । यस अघि भने प्रहरी निरीक्षकले कमान्ड समाल्दै आएको थिए । १५ महिना सुखडमा बसेका बोहराले अपराध नियन्त्रण र अनुसन्धानमा सक्रियताका साथ काम गरेको बताइन्छ। 