(ABC-Sanchar)
दाङ । तुलसीपुर नेकपा माओवादी
केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा नयाँ कमिटी गठन गरेको छ ।
शनिबारको बैठकले खुसीराम चौधरीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको हो । त्यस्तै उपाध्यक्षहरुमा यज्ञबहादुर केसी, मनकुमारी महत (शान्ती), र मोहन थापालाई चयन गरिएको छ । 
त्यस्तै सचिबमा तुलाराम भण्डारी (बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली (माईकल) लाई सर्वसम्मत चयन गरिएको छ ।