१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कंचनपुरमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा १ जनाको मृत्यु पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

Logo
प्रकाशित आइतबार, मंसिर १९, २०७८

ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा भारतीय नम्बर भएको जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा DL1ZC 4754 नम्बरको भारतीय जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ६५ बर्षीय तारा नाथको घटनास्थलमै ज्यान गएको हो।
आइतबार बिहान करिब ६ बजेको समयमा, बाणी देखी झलारी तर्फ आइरहेको उक्त जीपले स्थानीय नाथलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हाे। दुर्घटना भएको उक्त स्थानमा स्थानीयहरुले बिहानै देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध समेत गरेका छन। यसैगरी उक्त जीप र चालकलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!