२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बस र एम्बुलेन्स ठोक्किँदा ६ जना घाइते

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

(ABC-Sanchar)
काठमाडौं । भरतपुर महानगरपालिका१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना ६ ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पुर्याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आज दिउँसो ठक्कर दिएको थियो।

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ।

घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]