१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेपाल प्रहरीको डिआइजी बन्नेहरुको दोरधुप सुरु को को बन्दै छ्न त ?

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थपिने प्रबल सम्भावना देखिएको छ । एसएसपीको दरबन्दी रहेको लागूऔषध नियन्त्रण ब्यूरोमा डिआइजीको सरुवा भएसँगै गृह मन्त्रालय दरबन्दी थप्ने पक्षमा देखिएको छ । गत शनिबार डिआइजी मुकुन्द आचार्यलाई ब्यूरोमा काज सरुवा गरिएको हो ।

ब्यूरोमा केही समयपछि डिआइजीकै दरबन्दी राख्ने यौजनाअनुसार उनको काज सरुवा गरिएको स्रोत बताउँछ । ब्यूरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भरतपुर तालिम केन्द्र, महानिरीक्षकको सचिवालय, ट्राफिक महाशाखालगायत निकायमा डिआइजीको दरबन्दी थप्ने प्रयास भइरहेकोे छ ।

एआइजीको पनि दरबन्दी थप्ने चलखेल जारी छ । डिआइजीहरू रविन्द्र धानुक, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामालगायतलाई बढुवा गर्न एआइजीको दरबन्दी थप हुन लागेको हो । तर, ठ्याक्कै कति दरबन्दी थप हुने प्रष्ट भएको छैन ।

एआइजीको दरबन्दी थपिए डिआइजीको बढुवामा मारामार हुने देखिन्छ । अवकाश पाउन लागेका डिएसपीहरू पूजा सिंह, हरिराज वाग्ले, विक्रम चन्द, शेखर कोइराला, सुशील यादव, मोहन आचार्य, प्रदीप श्रेष्ठलगायतलाई बढुवा गर्न दरबन्दी थप हुन लागेको हो । अन्लाईन पत्रिका मिडिया हाउस

दरबन्दी थपिए पछिल्लो ब्याचका एसएसपी पनि बढुवामा पर्ने सम्भावना छ । जसमा सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, भीम ढकालको नाम चर्चामा छ । उनीहरूमध्येबाटै दुई वर्षपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन हुने भएकाले पनि यो ब्याचमा बढुवामा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!