०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रहरी जवानको १६ बर्षमै पेन्सन र घर जान पाउने नियमावली बन्दै

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनामा सिपाहीले सेवा अवधिको १६ बर्षमै जागिरबाट अवकाशमा जान मिल्ने व्यवस्था भएपछि अन्य सुरक्षा निकायमा पनि त्यसबारे माग बढ्दो छ।

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सो व्यवस्था ल्याएपछि वाहवाही पाएका थिए।

नेपाली सेनामा १६ बर्षमा जागिर छाड्न पाउने र २० बर्षपुगेपछि पेन्सन पाउने व्यवस्था भएपछि सोही व्यवस्था प्रहरीमा पनि लागू हुनुपर्ने माग संगठनभित्र चर्को रुपमा उठेको छ।

प्रहरीमा उठेको माग सम्बोधनका लागि गृहमन्त्रालय सकरात्मक देखिएको छ। गृहसचिव टेकनारायण पाण्डेले यसअघि सार्वजनिक कार्यक्रममै सेनाको जस्तै प्रहरीमा पनि १६ बर्षेमै पेन्सन पाउने व्यवस्था लागू गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन।

यसैबीच, गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको प्रक्रिया अगाडी बढाएको स्रोतले जनाएको छ।

प्रहरी आईजीपी शैलेश थापा क्षेत्रीको सिफारिसमा गृहमन्त्रालयले जवानहरूको पेन्सन १६ वर्षे बनाउने गरि नियमावली संशोधन प्रक्रिया अगाडि बढाएको छ।
सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!