०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल एयरलाइन्सले खतराजन्य पदार्थ ढुवानी गर्न पाउने अनुमति पायो

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

(ABC-Sanchar)
काठमाडौँ । नेपाल वायुसेवा निगम
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ । आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बिच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दाबी गरे । नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले नेपाली ध्वजावाहक जहाजलाई नाफामा लैजाने चाहना राखेको बताए ।

‘वायु सेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ,’ उनले भने, ‘हामी चाहान्छौं कम भन्दा कम खर्च गरेर नेपाल ध्वजावाहक जहाज नाफामा जाओस् ।’

अहिले पनि ५० अर्ब भन्दा बढी ऋण रहेको भन्दै उनले ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु पर्ने अवस्था चिन्ताजनक भएको उल्लेख गरे । ‘निगमले किस्ता तिर्न र ब्याज तिर्न सकेका छैन । यस्तै समस्या समाधान गर्नका लागि म यहाँ आएको छु’ उनले भने ।

मन्त्री आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे । खतराजन्य पदार्थ आयात-निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए ।

‘व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा कम्तीमा अब सोझै आउन सक्ने भयो । त्यो पनि एउटा उपलब्धि हो’ उनले भने । उनले यात्रु नभएको फ्लाइट पनि यस्ता पदार्थ बोक्दा नाफा हुने बताए ।

आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!