०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

खजुरा गापाका हाकिम खराल र लेखा अधिकृत सुनार यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर २२, २०७८

ABC (क्राईमबिट)
बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।
नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । अहिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल, लेखा अधिकृत सुनारसहित पीडित पक्षलाई इलाका प्रहरी कार्यालय धनौलीका लगिएको छ । सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय धनौलीले दुबै पक्षलाई राखेर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!