१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

ट्राफिक कारबाही ठाँउको ठाँउ जरिवाना तिरेर कागजात लिन पाइने

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ को सुरुवात गरेको छ । बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो ।

तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए । उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताइ । उनले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने बताए । प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए।
प्रमुख भट्टराईले भने, ‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौँ, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्योबीचमा अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो । यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनु पर्छ भनेर फिल्डबाट नै मुक्ति दिन यो व्यवस्थाको सुरुवात गरेका हौँ । अहिले हामीसँग एप डाउनलोड गरेका ५ वटा मोबाइल मात्रै छन् । त्यसबाट हामी स्टार्ट गर्दछौँ । गर्न के सकिन्छ भने ५ वटा मोबाइलबाट कसैलाई हामी जरिबाना गर्दैछौँ भने त्यतिबेलै त्यही इन्ट्री गर्छौं । डिजिटल इन्ट्री फिल्डमा नै हुन्छ । पहिलेको जस्तो कागजपत्र अफिसमा ल्याएर इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने सिस्टम हटेर यो सिस्टम लागू हुन्छ । कसैले तत्काल लिन चाह्यो भने रकम भुक्तानी गरेर तत्काल लिन सकिन्छ । उहाँले अनलाइन वा क्यूआरकोर्डबाट तिर्न सक्नुहुन्छ ।’

महाशाखाले पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुरु गरेको हो । त्यस्तै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!