१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बढी सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

(ABC-Sanchar)
काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उनलाई २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले उनलाई एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख। बमोजिम असुल उपररजफत गरी पाउन मागदावी लिइएको छ ।

थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्ठाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!