१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङ लगायत देशभरका १० जिल्लाका ३० पालिकामा बाढीपहिरो सङ्कट क्षेत्र घोषणा

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३÷४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकोले सङ्टग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो।

सोही माग बमोजिम मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको ६, लुम्बिनीको १ र प्रदेश १ को ३ जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताउनुभयो ।

असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!