ABC (क्राईमबिट)
धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ हिम्मतपुरबाट भरुवा बन्दुक र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ।
हुलाकी राजमार्गमा खटिएको सिमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिईएको सशस्त्र प्रहरी बलको टोलिले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको चालक जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं ३ बस्ने बर्ष ३५ को अजय चौधरीले चलाएको से ३ प ७७९२ मोटरसाईकल पछाडी दुई नाले भरुवा बन्दुक थान १, गोलि थान ८ र चालक सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको से २ प ९८७७ नम्बरको मोटरसाईकल पछाडी सवार सोही नगरपालिका ५ बस्ने बर्ष ५५ को दयाराम चौधरी समेत लाई चेकजाच गर्दा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो। उनीहरुको साथबाट चक्कु थान १, बन्चरो थान १, टर्चलाईट थान २ समेत बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भजनी कैलालीमा पठाई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।