१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

उदयपुरमा ११ वर्षीया बालिका करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २५, २०७८

ABC (क्राईमबिट)
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका टेकबहादुर सार्की पक्राउ परेका हुन्।

बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा खुलाइएको छ।

बालिकाको परिवारले दिएको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती बालिकाको स्वास्थ्य परीक्षण गरेको छ।

पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!