१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

युट्युबमा अश्लील शीर्षक राखेर अरुको चरित्र हत्या गर्ने युट्युबर तिरुवा पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक जनालाई साइबर ब्यूरोले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका-९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय भरत बहादुर तिरुवा रहेका छन् ।

तिरुवाले टेन्सन ब्रो नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत अश्लील शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरी गरेका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई शुक्रबार पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले बताउनु भयो । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

यस्तै, पोखराको मणिपाल अस्पतालमा डाक्टरलाई ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाट ५० लाख ठगी गर्ने शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

विरुमुथुले रेडक्रसको अन्तरराष्ट्रिय कमिटिको निर्देशक भएको भन्दै अस्पतालमा साझेदारी (पार्टनरसिप) मिलाइदिने भन्दै सो रकम ठगी गरेका थिए । उनले अर्का एक व्यक्तिलाई पनि मलेसियन योङ निर्देशक बनाइदिने भन्दै ३९ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

भारत घर भएका विरुमुथुले मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौताका लागि मस्यौदा समेत तयार भएको भनेर नक्कली कागजात बनाएर धेरै व्यक्तिहरुलाई ठगेको थिए । साइबर ब्युरो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!