(ABC-Sanchar)
दाङ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेको प्रहरीले बताएको छ ।
ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुल तर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाईते बालिकाको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा लगे लगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । बालिकाको पोष्टमाटम पछि अभिभावकको जिम्मा लगाएको दाङ प्रहरीले बताएको छ ।