१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बर्दिया निकुञ्ज र बाँके निकुञ्जमा बाघको गणना बुधबारदेखि बाघ हेर्न पर्यटकहरु निकुञ्जमा

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८


(ABC-Sanchar)
बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ देख्ने पर्यटकको लागि रोजाईमा परेको छ । प्रत्येक दिन बाघ भेटिदा पर्यटकहरुको रोजाईमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको हो । देश विदेशबाट आएका पर्यटकले निकुञ्जमा बाघ देख्ने गरेका छन् । पर्यटकले निकुञ्जको जंगल सफारी गर्ने क्रममा बाघ देख्न पाउँदा आफुले गरेको सफारी सफल भएको महसुस गर्छन् । अघिल्लो साता बर्दिया राष्ट्रिय निकुञ्जको सफारी गरेर फर्किदै गरेका आन्तरिक तथा बाह्य पर्यटकले बाघ देखेको अनुभव साँटे ।

सफारीमा संलग्न रहेका आन्तरिक पर्यकट प्रधानले फरकसमाचारसंग बाघ देखेको खुसी व्यक्त गरे । ‘चित्तल कराउदै थिए, घुर घुर आवाज आयो’ प्रधानले भने, ‘अलि अगाडि माथि पट्टी बाघ बसेको देखे ।’ बाघ त्यस एरियामा रहेकोले चित्तल कराएको प्रधानलाई विश्वास भयो । चित्तलको शिकार गर्ने उदेश्यले मौका छोपेर बाघ अलि माथि बसेको हुन सक्ने उनले अनुमान गरे ।

हात्तीमा बसेका प्रधानले बाघको भिडियोसमेत बनाउँन भ्याए । उनी अत्यन्तै खुसी भएको महसुस गरे । टिभिको प्रर्दामा त बाघ जो सुकैले देख्छन् तर, बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी गरेका पर्यटकले प्रत्यक्ष बाघ देखेको अनुभव साँट्छन् ।

त्यसै गरी फ्रान्स र युकेबाट आएका पँहुनाले बाघ र गैंडा देखेको अनुभव साँटे । निकुञ्ज सफारीको क्रममा बाघ देखेर फर्किदै गरेका पर्यटकहरुको अनुहारमा खुसीको चमक देखिएको थियो । सफारी गरेर फर्किदै गरेका पँहुनाहरु निकुञ्ज गेटको छेउमा भेटिदा निकै खुसी देखिएका थिए । पँहुनाहरुलाई घुमार फर्किदै गरेका नेचर गाईड बिर बहादुर शाहीले बाघ देखेर पर्यटकहरु अत्यन्तै खुसी भएको बताए । निकुञ्ज सफारी गर्ने क्रममा प्रत्येक दिन बाघ देखिएको नेचर गाईड शाहीले सुनाए ।

‘पर्यटकले निकुञ्जको सफरी गर्दा बाघ देख्न ईच्छुक हुन्छन्’ नेचर गाईड शाहीले भने,‘पर्यटकको जुन ईच्छा प्रत्येक दिन पुरा हुने गरेको छ ।’ निकुञ्जका कर्मचारीका अनुसार बाघको संख्या बृद्धि भएको छ । जसले गर्दा निकुञ्जको सफारी गर्न पर्यटकलाई लैजादा प्रत्येक दिन बाघ भेटिने गरेको नेचर गाईड शाहीले जानकारी दिए ।

निकुञ्ज सफारी गर्ने पँहुनाहरुको लागि असोज देखि निकुञ्ज खुल्ला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । निकुञ्जमा प्रत्येक दिन बाघ देखिने भएकोले पर्यटकको संख्या उत्साह जनक रहेका बताए । निकुञ्ज सफारी गरेर बन्यजन्तु तथा बाघ देखेर आएका पर्यटकले अनुभव सेयर गर्दा सफारी सन्तोष जनक बुझिएको उनले सुनाए । कोभिड–१९ महामारी पछि निकुञ्जको जंगल सफारी असोज महिना देखि संचालन भएको हो ।

असोज महिनामा निकुञ्ज सफारी गरेका पर्यटकको संख्या ९ सय रहेको छ । कात्तिकमा पर्यटकको संख्या बढेर २ हजार ६ सय पुगेको निकुञ्जको रेकर्डमा उल्लेख छ । मंसिर महिनाको संख्या माहिनाको अन्तिममा थाहा हुनेछ । तर, प्रत्यके दिन १ सय जना पर्यटक प्रतिदिन निकुञ्जमा घुमेको रेकर्डले देखाएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना बुधबार देखि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा सुरु हुदैछ । बाघ गणनामा ७ सय २२ ग्रिडमा क्यामरा जडान गरिनेछ । बाघ गणनाको अवधि करिब तीन महिनासम्म चल्ने निकुञ्जले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!