१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रहरी निरीक्षक अनिता महतको सहयोगमा दाङ प्रहरीद्वारा हराएको ७ लाख रुपैयाँ फिर्ता

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका निमप्रसाद चौधरी र वडा नम्बर ७ का साजन चौधरी गत आईतबार बेलुका घोराहीबाट तुलसीपुर तर्फ जाँदै थिए । घोराही १६ कपासी नजिकै बाटोमा पैसाको बिटो पोलीथिन व्यागमा भेटाए । उनिहरुले कही कसैलाई भनेनन् र घरमा लगेर राखे । उनिहरु समाचारमा कतै आयो भने दिउँला भन्ने सोच्यौँ र प्रहरीलाई पनि भनेनौ ।

पैसा हराएको केही समय पछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुुन्द प्रसाद रिजाललाई फोन आयो । सर्रा आसपासको सडकमा ७ लाख रुपैयाँ खस्यो । लगत्तै अर्को नयाँ नम्बरबाट फोन आयो र ति व्यक्तिले भने म प्रहरी निरीक्षक अनिता महत हुुँ । सर्रा नजिकै रोडमा रा ७ प १३८६ नम्बरको मोटरसाईकलबाट खसेको पैसा लुु ७६ प ८४५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरुले लिएर गएका छन् । यति भने पछि डिएसपी रिजालले सबै तिर प्रहरीलाई सूचना दिए ।

तत्काल उक्त मोटरसाईकल र व्यक्तिको पहिचान गरेर पैसा लिएर आउनुु भनेर आदेश जारी भयो । प्रहरीले खोजी सुुरु ग¥यो । अर्को दिन पैसा हराउने व्यक्ति घोराही १० नारायणपुरमा पसल गर्दै आएका खेमराज शर्मा प्रहरी कार्यालयका आउनुुभयो । सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकालेर घर हिडेका न्यौपानेले पैसा खसेको केही पर पुुगेपछि मात्रै थाहा पाउनुुभयो । फर्केर आउदा कहि भेटिए । विडम्बन न्यौपानेले उक्त पैसा मोटरसाईकलका लेगार्डमा झुुण्ड्याएको र बाटो खाल्डा खुल्डी भएका कारण झ्याक्कीएर खसेको रहेछ ।

प्रहरीले २७ गते दिनभर यातायात कार्यालयमा बसेर मोटरसाईकल पहिचान गर्ने काम गरेपछि अन्तत पैसा फेला प¥यो । पैसा सहित दुुबै व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । घोराही ११ खैरामा घर भएका प्रहरी निरीक्षक अनिता महानगरिय प्रहरी शिक्षालयमा कार्यरत रहेकी छिन् । विहे भोजमा आएकी अनिता घोराही तर्फ आउदै गर्दा उक्त घटना देखेपछि तत्काल प्रहरीमा जानकारी गराएको बताउछिन् । मंगलबार डिएसपी रिजालले सबै पक्षलाई बोलाई पैसा सम्बन्धीत व्यक्तिलाई फिर्ता गरे ।

कार्यक्रममा अनिताले म प्रहरी मात्रै नभएर यो देशको सच्चा नागरिक भएकाले तत्काल सूचना दिएको हुँ । त्यो मेरो कर्तव्य र दायित्व थियो । साथै डिएसपी रिजालले सानो अबासधानीले ठूलो क्षति हुने भएकाले आगामी दिनमा यस्तो हेलचेक्राँइ नगर्न सुुझाब दिए । पैसा जस्तो चिज लेगार्डमा झुुण्ड्याउने हैन अब साबधानी र सुरक्षित ढंगले काम गर्न आग्रह गरे । हराएको पैसा बुुझ्दै शर्माले डिएसपी रिजाललाई र प्रहरी निरीक्षक महतलाई खादा लगाईदिएर सम्मान व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!