
(महेन्द्र सिंह)
बाँके । प्रहरीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको लत्ताकपडा, चिनी र हाडवयरका विभिन्न सामान नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुर गाउँबाट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले गोप्य सूचनाको आधारमा ३ लाख रुपैया मुल्य बराबरको भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको समेत बताउनुभयो ।