१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुम्विनी प्रदेशको राजधानीमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको उद्घाटन

Logo
प्रकाशित बिहिबार, पुष ०१, २०७८


(ABC-Sanchar)
दाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन संगै सेवा सुरु गरिएको छ ।
बुधवार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्रजित थारुले उद्घाटन गरेसंगै मन्त्रालयको नियमित सेवा सुरु भएको जानकारी दिनुभएको हो ।
मन्त्रालयले पुर्ण रुपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउदै मन्त्रि ईन्द्रजित थारुले अव छिटो भन्दा छिटो अन्य मन्त्रालयले पनी स्थाई राजधानीबाटै सेवा सुरु गर्ने बताउनु भएको छ ।
मन्त्रि थारुले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलता संगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनु भएको छ । संघ सरकार र प्रदेश सरकारको निति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउदै स्वास्थ्य सेवामा मध्यकालिन तथा दिर्घकालीन रणनितिका साथ काम भै रहेको बताउनु भएको छ ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्रजित थारुले कोभिडको तेस्रो भेरीयन्ट बाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकार संग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको समेत बताउनु भएको छ ।
मुख्य कार्यालय उद्घाटनमा बोल्दै राज्य मन्त्रि विमला कुमारी खत्रिले स्थाई राजधानीमा मन्त्रालयको काम सुरु भए संगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताउनु भएको छ ।
मन्त्रालयको मुख्य कार्यालय उद्घाटनमा बोल्दै सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताउनु भएको छ । निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रवन्ध गर्दै मन्त्रालयलाई पुर्ण रुपमा सेवा दिन तयार बनाईने बताउनु भएको छ । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, निति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रुत रुपमा लागिरहेको देवकोटाले बताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आफुहरुले स्थाई राजधानीका लागि सबै कुरा जोखीममा राखेर सहयोग गरेको तर सुस्त सुस्त राजधानीको मेलो सर्दै गरेको बताउनु् भएको छ । राजधानी ब्यवस्थापनका लागि स्थानिय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताउनु भएको छ ।
लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहि, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, खानेपानीका अध्यक्ष शान्तराज पन्थी, उप सचिव राजेन्द्र प्रसाद पन्थी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि, स्थानिय बुद्धिजिवी, समाजसेवी, संघ संथा, कर्मचारी, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्यंसेवीका सुरक्षा कर्मी पत्रकार लगायतको उपस्थीति रहेको थियो ।
नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरि प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८÷०१÷०६ को निर्णयानुसार लुम्बिनी प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७४ खारेज भै स्वास्थ्य सम्बन्धी कार्यहरु साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोमा प्रदेश सरकार (कार्यबिभाजन) नियमावली, २०७८ जारी भए पश्चात स्वास्थ्य सम्बन्धी बिषय हेर्ने छुट्टै मन्त्रालयको रुपमा स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय स्थापना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!