-
ABC (क्राईमबिट)
कंचनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको सयुक्त टोलिले लागुऔषधसहित एक जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका वडा नम्वर ८ कालोपुलमा धनगढी उपमहानगरपालिका १३ मोहनपुर श्रीलंका बस्ने अन्दाजी २८ वर्षीय लक्ष्मण सिंह धामी रहेको प्रहरीले बताएको छ। शंका लागी चेकजाँच गर्दा उनलको साथबाट ९.६० ग्राम लागुऔषध खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।