१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदिप गिरी गृह मन्त्रालयले एसएसपी अशोक सिंहलाई फाले पछी

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीलाई सरुवा गरेको छ ।

परिसर प्रमुख एसएसपी अशोक सिंह गौतमबुद्ध विमानस्थल (लुम्बिनी) सुरक्षा प्रमुखमा सरुवा भएपछि रिक्त ठाउँमा ब्यूरोका सहनिर्देशक गिरीलाई ल्याइएको हो । दुवै एसएसपीको यसअघि नै सरुवा भएको थियो ।

एसएसपी सिंह २०७७ मंसिर ७ बाट परिसर प्रमुखमा आएका थिए । पछिल्लो पटक गृहमन्त्री बालकृष्ण खाँणले सिंहलाई हटाएर गिरीलाई परिसरमा सरुवा गरे पनि निर्णय कार्यान्वयनमा आएको थिएन ।
शुक्रबार भने गिरी परिसर हाजिर भइसकेका छन् । एसएसपी सिंहको पनि शुक्रबार नै परिसरले बिदाइ कार्यक्रम राखेको छ । सिंह गौतमबुद्ध विमानस्थल सञ्चालनमा नआउन्जेलका लागि प्रहरी प्रधान कार्यालयमै कार्यरत रहने एक अधिकारीले बताए ।

काठमाडौं परिसर आकर्षक पोष्टिङ मानिन्छ । संघीय राजधानीका अलवा, राजधानीको सुरक्षा व्यवस्थापन, शक्तिकेन्द्रसँगको सीधा सम्पर्क, यहाको आर्थिक/सामाजिक पक्ष लगायतले गर्दा पनि काठमाडौं प्रहरी प्रमुख बन्न एसएसपीहरूबीच हानथाप हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!