२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुलसीपुर सल्यान सडक पुस ११ गते आईतबारदेखि दैनिक ८ घन्टा बन्द गरिदै

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

(ABC-Sanchar)
दाङ । तुलसीपुर – सल्यान सडक खण्डमा मर्मतको काम गर्न दैनिक ८ घन्टाको दरले बन्द गरिने भएको छ ।
जिर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरि ८ घण्टा सडक खण्ड बन्द गरिने भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रबेश मार्ग कपुरकोट क्षेत्रमा सडक जिर्ण बनेको छ ।
उक्त सडक खण्ड अन्तरगत चोरखोला – कपुरकोट क्षेत्रमा स्तोरउन्नतिको काम हुन लागेको हुँदा सडक खण्ड दैनिक ८ घन्टा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले सार्वजनिक सूचना प्रकासित गरि आइतबार ( पुस ११ ) गतेबाट लागू हुनेगरि २५ गतेसम्म सडक दैनिक ८ घन्टा बन्द हुने जानकारी दिएका छन् ।

बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने जानकारी दिइएको छ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुट कपुरकोट–पैंयाखोर डाइभर्सन रुट प्रयोग गर्न सक्ने समेत खड्काले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]