१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कैदी फरार पछी घोराही कारागारका जेलर र सुरक्षा प्रमुखलाई तानियो

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

ABC (क्राईमबिट)
दाङ । कर्तव्य ज्यान मुुद्धामा जन्मकैद सजाय पाएका यमराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ ।

कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी निरीक्षक रुद्रबहादुर सेनठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो ।

छालाको उपचार गर्न भनि कारागारका नाईके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले बुुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाईकलमा लिएर गएका थिए ।

तर उनिहरु अस्पताल नगई होटलमा पुुगेको र त्यहीबाट भागेका प्रहरीको भनाई छ । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएका प्रहरी जवान सहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

भाग्न प्रयोग गरेको मोटरसाईकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् ।

डिएसपी मुुकुुन्द रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सिआईविको टोलीले समेत खोजी तथा अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”। एसपी […]

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । […]

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

error: Content is protected !!