दाङ,। घोराही–५ मा रहेको श्री महेन्द्र आधारभूत विद्यालय दलजीतपुरको चौतर्फी विकासका लागि सबैपक्षीय चाँसो देखा परेको छ ।
आउँदो नयाँ शैक्षिक शत्रदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यबाट पढाई सुरु गर्न लागि रहेको आधारभूत विद्यालय दलजीतपुरले विद्यालयलाई पठनपाठनदेखि अन्य क्रियाक्लापमा पनि अव्वल बनाउनका लागि सर्वपक्षीय छलफल र प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । अभिभाव, स्थानीय बुद्धिजीवी, शिक्षाबिद्, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागितामा भएको कार्यक्रममाको निष्कर्षकारुपमा विद्यालयमा अंग्रेजी माध्यमका पढाईलाई अव्बल बनाउन सबै पक्षले साथसहयोग गर्ने, विशेष अभियान चलाउने, विद्यार्थी, शिक्षक, अभिभावकलाई समय अनुसारको तालिम र पठन पाठन गराउने, सरोकारवाला निकाय, राज्यको समेत विद्यालयप्रति ध्यान दृष्टि फिजाउने वातावरण बनाउनेलगायतका कुराहरु निकालिएको थियो ।
विद्यालयका अध्यक्ष घनश्याम केसीको अध्यक्षत्तामा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले भौगोलिक दृष्टिकोणले सुगम, जग्गाजमीन समेत प्रशस्त भएको दलजीतपुर स्कूललाई सबै मिलेर जिल्लाकै अव्बल विद्यालय बनाउन सकिने बताउनुभयो । शिक्षक, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, नागरिक समाज, राज्यका सबै निकायहमरुको एकीकृत पहलमा विद्यालयको चौतर्फी विकास हुने बताउँदै प्रियासनले दलजीतपुरमा रहेको आधारभूत विद्यालयको बृहत्तर विकास गर्दै यसलाई अबको केही वर्षभित्रै व्यवस्थित तरिकाले प्लसटू सम्म सञ्चालन गर्न सकिने बताउनुभयो । यसका लागि आफुहरुको तर्फबाट विशेष योजना समेत बनाइने प्रियासनले प्रतिबद्धता जाहेर गर्नुभयो । सो अबसरमा मेरिल्याण्ड पव्लिक स्कूलका प्रिन्सीपल राजेन्द्रकुमार श्रेष्ठले मेरिल्याण्ड स्कूल र दलजीतपुर स्कूलबीच मितेरी साइलो गाँसिएको बताउँदै विद्यालयको विकासका लागि आफ्नो स्कूलको तर्फबाट केही शिक्षकहरुले पढाईदेखि अतिरिक्त क्रिक्याल्प सञ्चालन गर्न, दलजीतपुर स्कुलका शिक्षकहरुलाई तालिम दिन आफुहरु अग्रसर रहने बताउनुभयो । उहाँले एकजना विद्यार्थीलाई आफ्नो खर्चमा दश कक्षासम्म पढाई दिने समेत घोषणा गर्नुभयो । सो अबसरमा अर्का प्रशिक्षक डा. लोकराज पराजुलीले सामुदायिक विद्यालयको सुधारका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।
२०१८ सालमा स्थापना भएको दलजीतपुर स्कूलमा आर्थिकरुपलेअति विपन्न परिवार र कृषकका छोराछोरीहरु समेत अध्ययन गर्दछन् । हाल एकसय साठी जना विद्यार्थीहरु छन् । कक्षा ८ सम्म पढाई भइरहेको विद्यालयमा यतिबेला कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाई भैरहेको छ । यसवर्ष अअंग्रेजी माध्यममा ५ कक्षासम्म र माथिल्लो कक्षा तर्फ कक्षा ९ सम्म पढाई सुरु गर्ने तयारी विद्यालयले गरेको विद्यालयका अध्यक्ष घनश्याम केसीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक प्रदिपकुमार केसीले सबैको साथ सहयोग लिएर आफुहरु विद्यालयको बृहत्तर विकासमा जुट्न लागेको बताउँदै एकपटक सबैले साथसहयोग गर्न अनुरोध गर्नुभयो । सो अबसरमा बुद्धिजीवीहरु भिमकान्त दाहाल, कृष्ण गिरी, फत्तेबहादुर जिसी, अशोककुमार खड्गा, झबेन्द्र बस्नेत, अभिभावक लैला कामीलगायतकाले सुझाब दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षक फत्तेबहादुर नेपालीले गर्नुभएको थियो । विद्यालयको अवस्था सुधार गर्दै गुणस्रतीय शिक्षा प्रदान गर्न कम्मर कसेको दलजीतपुर स्कुलको चौतर्फी विकास गर्न यतिबेला शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय बुद्धिजीवीहरु समेत कम्मर कसेर लागेका छन् । यहीक्रममा घोराही बनाऔं अभियानको तर्फबाट पनि दलजीतपुर स्कूलको विकासका लागि विशेष योजना र कार्यक्रम बनाउने अभियानका संयोजक सविन प्रियासनले घोषणा गर्नुभएको छ । शिक्षकहरुले समेत विद्यालयको शैक्षिक गतिविधि सुधाकार लागि सक्दो समय र परिश्रम गर्ने बताउनुभएको छ । अभिभावकहरुले जस्तो सुकै अवस्थामा पनि विद्यालयमा अंग्रेजी माध्यमका पढाई हुनुपर्ने यसकालागि आफुहरु जेसुकै गर्न तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभएको छ । स्थानीय बुद्धिजीवीहरुले समेत दलजीतपुर स्कूलले अब मुहार फेर्नुपर्ने, यसका लागि आफुहरुले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।